मकवानपुरमा रुखले च्यापेर पुरुषको मृत्यु

file-photo

मकवानपुर । मकवानपुरमा रुखले च्यापेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका–३, देउजोरस्थित सूर्य किरण सामुदायिक वनमा रुखले च्यापेर एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्वर ९ का ४६ वर्षीय दिलकुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, सोमबार साँझ ५ बजेको समयमा सामुदायिक वनमा ठेक्काको रुख काट्ने क्रममारुखले च्यापेर दिलकुमारको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.