मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्ड अन्तर्गत भीमफेदी ६ मा हेटौंडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको बारेमा जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरेको थियो । घाइतेहरुको नामथर ठेगाना भने खुल्न बाँकी रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रतिकृया दिनुहोस्

















