मकवानपुरमा बस दुर्घटना, ४ जना घाइते

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–१ बागधारा स्थित कान्तिलोकपथ सडक खण्डमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। आइतबार (आज) बिहान अन्दाजी ११ः५० बजे फापरबारी बस्तिपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बायाँ किनारको नालामा कोल्टे परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बसमा सवार मध्ये नाम, थर तथा ठेगाना नखुलेकी एक महिला र ३ पुरुष गरी ४ जना मध्यम चोट लागेका घाइतेलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक मकवानपुर बकैया गाउँपालिका–१० अम्बासका ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडक अबरुद्ध नभएको र बस घटनास्थलमै रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.