हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिग: आज दुई खेल सम्पन्न

हेटौंडा । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा सुर्खेतको काक्रेविहार युथ क्लब र बर्दियाको जन जागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
काक्रेविहारका लागि आशिष चापागाईंले खेलको ३८औं मिनेटमा गोल गरे भने जागृतिका राजन न्यौपानेले ४६औं मिनेटमा बराबरी गोल फर्काए। काक्रेविहारका सरिन जिसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

दोस्रो खेलमा तनहुँको हैरान्स क्लबले दोलखाको टाइगर्स टिमलाई ५–२ गोलले पराजित गर्दै लिगमा आफ्नो पहिलो जित निकालेको छ। हैरान्सका रोशन दोङले खेलको २५औं र ३२औं मिनेटमा दुई गोल गरे।

त्यसपछि समिराज थोकर, विश्व लामा र अनिष महर्जनले गोल थपे।
टाइगर्सका लागि विशेष लामाले खेलको ६२औं र ६६औं मिनेटमा दुई गोल फर्काए। रोशन दोङलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको छ।

लिगमा अहिलेसम्म हरेक टिमले दुई–दुई खेल खेलेका छन्।
प्रतियोगिता कम नकआउट प्रणालीमा हेटौंडाको गौरीटार रंगशालामा भइरहेको छ, जहाँ १० टोलीको सहभागिता रहेको छ।

आगामी  मंसिर २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेता समुहले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.