अपडेट: बेपत्ता किशोर मृत अवस्थामा भेटिए

file-photo

हेटौँडा  । मकवानपुरमा डुबेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा भेटिएका छन् ।

शनिबार साँझ डुबेर बेपत्ता भएका बाराको कलैया उपमहानगरपालिका–१ का कर्ण उर्फ प्रणय गुप्ता मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले किशोरको शव डुबेको स्थानकै गहिरो सतहमा फेला परेको हो ।

शव फेला परेपछि तत्कालै बाहिर निकालिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

मृतक किशोर युनाइटेड कलेज ललितपुरमा कक्षा १२ मा अध्ययनरत थिए । उनी सोही कलेजको होस्टेलमा बस्दै आएका थिए र हाल साथीको डेरामा आएका थिए।

उनी काठमाडौंको माइतीघरबाट साथीहरूसँग घुम्न गएका थिए भन्ने बुझिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.