चट्याङले लियो मकवानपुरका थिङको ज्यान

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, दरदरामा आइतबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५, दरदरामा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दिउँसो ३ बजेर ४० मिनेटको समयमा चटेयाङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५६ वर्षीय सिंहबहादुर थिङ र १० वर्षीय सौगात गोले रहेका छन् । घाइतेमध्ये सिंहबहादुरको अवस्था मध्यम रहेको छ भने सौगातको अवस्था सामान्य रहेको छ ।

सिंहबहादुर मृतकका बाबु र सौगात सानीआमाको छोरा रहेको बुझिइएको छ । उनलाई उपचारका लागि चितवन लगिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.