हेटौंडा । मकवानपुरको राक्सिराङमा रुखको हाँगाले लागेर एकजनाको ज्यान गएको छ । आईतबार १०ः५० बजे कुलो खन्ने क्रममा एक्कासी भाँचिएर खसेको सिमलको रुखको हाँगाले लाग्दा कुलो खन्दै गरेको राक्सिराङ ५ का ५२ वर्षीय माहादेब प्रजाको ज्यान गएको हो ।
राक्सिराङ–३ सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि राक्सिराङ ५ ठाडे गाँउका ९–१० जना गई कुलो खन्ने क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा प्रजालाई लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

















