हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मंगलबार मकवानपुरको फरक–फरक ठाउँमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।
मकवानपुरको मनहरी गाउँपमलिका ६ नम्बर वडाको चौकिटोल स्थित पुर्व पश्चिम सडक खण्डमा बिरगंन्जबाट काठमाण्डौ तर्फ जान जाँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ नम्बरको यात्रु बाहक बसको ठक्करबाट पैदल यात्री (पुरुष) घाईते भएका थिए ।
अन्दाजी ३५/४० वर्षीय पहिचान नखुलेको उनलाई उपचारको लागी हेटौडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकार दिइको छ । उनको राति ११ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बस र बारा जितपुर सिमरा २ का ५८ वर्षीय चालक उद्धव गिरी प्रहरीको नियन्त्रणमा लिइएको छ ।
यस्तै, मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ नम्बर वडाको बस्तिपुरमा अटोको ठक्करबाट पैदल यात्री घाईते घाईते भएका थिए । पुर्ब पश्चिम सडक खण्डमा बस्तिपुरबाट मनहरी तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह ०२५१ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मनहरी-३, सुकौराका ४२ वर्षीय मनोज लामा घाईते भएका हुन् ।
मनहरी-७ रमनटारका अटो चालक प्रेम बहादुर सिङतानले लामालाई उपचारको लागी हेटौडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकार दिइको छ ।
टाउकोमा चोट लागेर घाईते भएका लामाको उपचारको क्रममा राति ११ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लामाको शव हेटौंडा अस्पतालमै रहेको र अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

















