हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि आव दिउँसो ४ बजे बस्ने गरी बागमती प्रदेश सभा सचिवालयको बैठक आह्वान गरिएको छ ।
बानियाँ यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

















