लोक संगीत चौतारी मकवानपुरको वार्षिकोत्सव सम्पन्न

मकवानपुर । लोक संगीत चौतारी मकवानपुरको वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । मौलिक लोकगीत संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको उक्त संस्थाको पहिलो वार्षिकोत्सव सम्पन्न भएको हो ।

हेटौँडा–२, बनस्खण्डीमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रम बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सिताराम खनालको अध्यक्षतामा भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि पुलामीले लोकगीत, लोकसंस्कृति र मौलिक पहिचानको संरक्षण अत्यावश्यक रहेको औंल्याए । उनले लोक संगीतको संरक्षणमा चौतारीले दिएको योगदानको चर्चा गर्दै स्थानीय मौलिकता जगेर्ना गर्न यस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै, उक्त कार्यक्रममा बिधान लेखन मस्यौदा समिति संयोजक गणेश तिमल्सिनालाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । साथै संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडाको पर्यटकीय स्थल समेटिएको सांगीतिक कोसेलीका साथै अन्य विविध लोकदोहोरी प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.