हेटौँडा । हेटौँडामा एक बालक कुकुरको त्रासले भाग्ने क्रममा खोल्सामा खसी डुबेर गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा सिराहाको खुसिपुर नगरपालिका–२ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ मा रहेको ‘आमा होस्टेल’ मा बस्दै आएका १४ वर्षीय उमा प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार दिउँसो १ बजेर ३० मिनेटतिर हेटौँडा–२, स्थित वनसखण्डी मन्दिर नजिक बाटोमा हिँडिरहेका थिए। त्यतिबेला एक्कासि कुकुरले लखेटेपछि बालक डराउँदै भागेका थिए ।
भाग्ने क्रममा उनी नजिकै रहेको खोल्सामा खसेर डुबेको र बाटो हिँडिरहेका सर्वसाधारणले बालक डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेको बुझिईएको छ । प्रहरी र स्थानीयको सहकार्यमा बालकलाई खोल्साबाट निकालेर तुरुन्तै हेटौँडा अस्पताल पुर्याइएको थियो।
हेटौँडा अस्पताल उपचार सम्भब नभएकोले ती बालकलाई भरतपुरस्थित चितवन अस्पतालमा रिफर गरिएको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ।
उपचारमा बालकका मामा धनिराम यादव संलग्न रहेको जनाइएको छ।

















