मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखीकरण

मकवानपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी कक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।

लोक सेवा आयोगतर्फको तयारीमा मार्गदर्शन दिन प्रशिक्षकको भूमिकामा उपसचिव कुमार घिसिङले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा लोक सेवाको तयारी कसरी गर्ने, तयारीका योजना बनाउने तरिका, लोक सेवा प्रक्रियामा कसरी सहभागी हुने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौँडा उपमहानगरका सचिव सुवास घिसिङसहित विभिन्न समुदायगत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.