मकवानपुर । मकवानपुरकी प्रमख जिल्ला अधिकारी स्कीम श्रेष्ठले गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ विक्री वितरण र सेवनको अन्त्य गर्नुपर्ने बताएकी छन् ।
बुधबार गाउँपािलकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘गाजाँ इलिगल हो, उत्पादन, सेवन र बिक्री गर्न कानून विपरित पर्दछ । गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ गाजाँ र अफिम खेती, विक्री वितरण र सेवनको अन्त्य गरिनुपर्छ ।’ मकवानपुरको कैलाश र राक्सिराङ गाजाँ र अफिमको पहिचानले चिनिने अवस्था छ, त्यसलाई परिवर्तन गर्न गाउँगाउँमा रहेका जनप्रतिनिधिहरुले नै रहेको बताईन् ।
उनले हामी गाउँपालिका आयौं अब तपाईहरुले गाउँगाउँ टोलटोलमा पुगेर आफुले बुझेका कुराहरु जानकारी गराउन आग्रह गरिन् । अन्तरक्रियामा उठेका नागरिकता र राष्ट्रिय परिचयपत्रको गुनासोहरुलाई पनि सम्बोधन गरेकी थिइन् ।
कार्यक्रममा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरका अधिकांश यूवाहरु लागूपदार्थ सेवनप्रति आकर्षित भएको बताए । अध्यक्ष मुक्तानले मकवानपुरको यूवाको भविष्य नभएको बताउँदै अधिकांश दुव्र्यसनीमा फसेको बताए ।
गाजाँ खेतीको विषयमा विद्येयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दो रहेको बताए । कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मुल्यमा नेपाल भित्रने गरेको अध्यक्ष मुक्तानले बताए । हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो भने सुरक्षा निकाय वीउ देखीनै नष्ट गर्ने अभियानमा लाग्नुपर्ने बताए । लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कार्यक्रमहरु नीति तथा योजनामा समेट्ने अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्काले लागू औषध सम्बन्धी आफ्नो प्रस्तुती दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए ।
अफिमबाट बन्ने ब्राउनसुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्र स्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । समस्या र चुनौति धेरै रहेको अवस्थामा पनि नियन्त्रण गर्नमा नियमित कार्यहरु गरिरहेको उनले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र यूवाहरुको दुव्र्यसनको चक्रबारे आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुती पश्चात वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ९ का अध्यक्ष भूवन सिं घलान, मणिकलाल मुक्तान, रविन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा भनाई राखेका थिए ।
कार्यक्रम प्रजिअ श्रेष्ठको सभाध्यक्षता एम् गाउँपालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल १४ नं. गणका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभाग हेटौंडा कार्यालयका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

















