हेटौँडा र काठमाडौँ जोड्ने कुलेखानी–हुमाने सडक १९ दिन बन्द हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुँदै हुमाने सडकखण्डमा १९ दिन बन्द हुने भएको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्रे गर्ने भएकोले उक्त सडकखण्ड आगामी जेठ ५ गतेदेखि २० गतेसम्म १९ दिन बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कंडेलले आज मंगलबार एक सूचनामार्फत् सो बारे जानकारी गराएका हुन् । सो अवधिमा हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडातर्फ आउने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक) को प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

उक्त सडक खण्डमा सडक कालोपत्रेसँगै महालक्ष्मी खोलामा पक्की पुलसमेत निर्माणाधीन रहेको छ । बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत् सो सडकखण्डको स्तरोन्नतिको कार्य हुँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.