मकवानपुरमा लडेर एक वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराही पोखरीडाँडास्थित गोरेटो बाटोमा एक वृद्धको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा थाहा नगरपालिका–१ कुन्छालका ६२ वर्षीय कृष्ण गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, उनी बिहान दूध बेच्न बज्रबाराही बजार गएका थिए र फर्कने क्रममा उक्त गोरेटो बाटोबाट करिब १० मिटर तल लडेरका थिए।

लडेर शरीरका विभिन्न भागमा चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

उनी घरदेखि झन्डै २ किलोमिटर दक्षिणतर्फ रहेको आफ्नै गोठमा बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्याल नेतृत्वको टोली घटनास्थलमा खटिएको र घटनाको थप अनुसन्धानका भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.