हेटौँडाबाट लागूऔषधसहित तीन जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडाबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका–७ का २० वर्षीय सुकलाल स्याङतान, १८ वर्षीय विशाल गोले र पर्सा, वीरगञ्ज महानगरपालिका–२१ का २२ वर्षीय सुरेश पाण्डे रहेका छन् ।

लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१० स्थित सेन्टर प्वाइन्ट होटलको कोठा नम्बर १०४ मा विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरू बसोबास गरिरहेको होटलको कोठा र शरीर खानतलासी गर्दा पलङको सिरानीमुनी लुकाई राखिएको अवस्थामा लागूऔषध नाइट्रोभेट ८४ ट्याब्लेट, ट्रमन १० क्याप्सुल, नोफिन, फेनेर्गन र डायजेपाम नामक ३–३ वटा एम्पुल फेला परेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.