मकवानपुर। बागमती प्रदेश सभा सचिवालयको सचिवमा राम कुमार पौडेल नियुक्त भएका छन् । उनलाई बुधबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उक्त पदमा नियुक्त गरेका हुन् ।
उनलाई सभामुख पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१ं) अनुसार सो पदनमा नियुक्त गरेका हुन् ।
पूर्व सचिव कृष्णहरि खड्काको कार्यअवधि समाप्त भएपछि पौडेललाई सचिवमा नियुक्त गरिएको हो । यसअघि प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा जिम्मेवारीमा रहेका पौडेलले सचिवमा नियुक्त हुनका लागि गत चैत १७ गते पदबाट राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस्

















