मकवानपुरमा ७ हजार बढी विद्यार्थीले एसईई परीक्षा दिँदै

हेटौंडा बिहिवारदेखि सुरु हुने एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परिक्षा दिँदै छन् ।

यस वर्ष ग्रेड वृद्धिका लागि साधरण तर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परिक्षा दिँदै छन् । शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार मकवानपुर जिल्लामा २८ वटा परिक्षा केन्द्र तोकिएका छन् ।

गत वर्ष २६ वटा मात्रै परिक्षा केन्द्र तोकिएको मकवानपुरमा यसवर्ष कैलाश गाउँपालिकाको नामटार स्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परिक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए । कैलाश गाउँपालिकामा परिक्षा केन्द्र थप गरिएसँगै मकवानपुर जिल्लाको सबै स्थानीय तहमा परिक्षा केन्द्र भएको उनले बताए । हेटौंडाका श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि मात्रै केन्द्र तोकिएको छ ।

उनका अनुसार सबै स्थानीय तहहरुमा केन्द्रधाध्याक्षहरुलाई प्रशिक्षण दिएर खटाईएको छ । एसईई परिक्षाका लागि २८ जना केन्द्रधाध्याक्ष , ५१ जना सहयाक केन्द्रधाध्यक्ष , ३७४ निरिक्षक , ७६ परिक्षा सहयाक , १५० कार्यालय सहयोगरी र ४२० जना सुरक्षाकर्मी खटाईएको उनले जानकारी दिए । प्रमुख गिरीले टाँडा रहेका सबै पालिकाहरुमा प्रश्न प्रत्र र उत्तर पुस्तिकाहरु पुगिसकेको जानकारी दिदै नजिकका केन्द्रहरुमा पनि एकदुई दिनमै पु¥याउने तयारी रहेको बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.