हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राख्दै हस्ताक्षर संकलन

हेटौँडा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गरि पूर्ण सरकारी अस्पतालकै रुपमा राख्न माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानद्धारा आइतबारदेखि अस्पताल परिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरिएको हो ।

हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा अलग स्थानमा अलग पहिचान सहितको आम जनताको पहूँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौंडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउन, स्वास्थ्य सेवा अन्तर्गतका संरचना विवाद रहित रुपमा संचालन गर्न, हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ खारेज हुनुपर्ने लगायतका विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले नागरिक हस्ताक्षर अभियान चलाइएको हो ।

हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशालराज महतले हेटौंडा अस्पताल जोगाउन आफूहरु विगतका दिनदेखि नै अभियानमा लागेको बताए । हस्ताक्षर अभियान एक सातासम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.