हेटौंडा उपमहानगरको १४ नम्बर वडा बालमैत्री घोषणा

हेटौंडा हेटौंडा उपमहानगरपालिकाको १४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गरिएको छ । शुक्रबार १४ नम्बर वडास्थित श्री भृकुटी मा.वि मा उपमहानगर प्रमुख मिनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गरिन् ।

बालमैत्री घोषणा कार्यक्रममा वडा अध्यक्ष दिपक खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए । खड्काले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटा सुचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हाँसिल गरिएको जानकारी दिए ।

१४ नम्वर वडा बालमैत्री वडा घोषणा भएसँगै हेटौंडा उपमहानगरपालिका पुर्ण रुपमा बालमैत्री उपमहानगरपालिका घोषणा भएका छन् । १९ वटा वडा रहेको उपमहानगरपालिकामा यसअघि १८ वटै वडा समेत बालमैत्री घोषणा भईसकेका छन् । सबै वडा बालमैत्री घोषणा भएसँगै उपमहानगरपालिकाले यहि फागुन १ गते पुर्ण रुपमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी रहेको मेयर लामाले बताईन् । नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.