भृकुटी माविद्धारा घरदैलो र पृष्ठपोषण कार्यक्रम सञ्चालन

हेटौंडा÷ हेटौंडा उपमहानगरपालिका – १४ स्थित भृकुटी माध्यमिक विद्यालयले शैक्षिक गतिविधिहरूको अनुगमन गर्न घरदैलो र पृष्ठपोषण कार्यक्रम सुरु गरेको छ। आईतवार विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजालको नेतृत्वमा शिक्षक शिक्षिकाहरूले कक्षा १० का विद्यार्थीहरूको घर–घरमा पुगेर शैक्षिक क्रियाकलापका बारेमा जानकारी संकलन गरेका हुन् ।

एस.ई.ई. परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूको लागि निगरानी बढाउँदै विद्यालयले अर्धवार्षिक परीक्षा परिणाम सहित घरदैलो कार्यक्रम सुरु गरेको प्रधानाध्यापक रिजालले जानकारी दिएका छन्।

विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद गौतमले, ूविद्यार्थीहरूका अभिभावकहरूले पछिल्लो समय बालबालिकाहरूको समय सामाजिक सञ्जालमा अधिक बितिरहेको र यसको कारण शैक्षिक गुणस्तरमा गिरावट आएको गुनासो गरेका छन्।

उनले अभिभावकहरूलाई आफ्ना सन्तानको पढाइमा बढी ध्यान दिन आग्रह गरे। प्रधानाध्यापक रिजालले अब केहि दिनमै कक्षा ८ र ९ का विद्यार्थीहरूको घर–घरमा पुगेर उनीहरूको शैक्षिक गतिविधि बारेमा जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.