अस्पतालमा उपकरण छ, बिरामी जाँच्ने चिकित्सक छैनन्

हेटौंडा मकवानपुरस्थित हेटौँडा अस्पतालमा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विशेषज्ञ नहुँदा विगत डेढ वर्षदेखि थन्किएको छ। अस्पतालमा उपकरण प्रयोगविहीन हुँदा बिरामी भने उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ। बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। ‘हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एकजनाले मात्र आवेदन भर्नुभयो’, उनले भने, ‘तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।’

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.