मकवानपुरमा घर निर्माणका क्रममा दुर्घटना, एक जना गम्भीर घाइते

हेटौंडा मकवानपुरको बकैया गाउँपालिका–४ अजिङगरेमा घर निर्माणको क्रममा एक जना गम्भीर घाइते भएका छन्। आज बिहान करिब ८ः३० बजेको समयमा ज्ञान प्रसाद सुवेदीको निर्माणाधीन घरको फर्मा निकाल्ने क्रममा भारतको रक्सौल निवासी ३५ वर्षी विकाश कुमारको बकैया गाउँपालिका–४ अजिङगरेमा एक तला माथिबाट लडेर घाइते भएका हुन्।

दुर्घटनामा परेका कुमारको टाउको र छातीमा गम्भीर चोट लागेको लागेको र उनलाई तत्काल हेटौंडा अस्पताल पुर्‍याइएको थियो । हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले दिउँसो ४ः२५ बजे थप उपचारका लागि काठमाण्डौस्थित टिचिङ अस्पताल लगिएको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.