मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकले ठक्कर दिँदा स्थानीय गङ्गा बहादुर स्याङ्तानको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बाटो क्रस गरिरहेका पैदलयात्री ७० वर्षीय स्याङ्तानलाई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको समान लोड गरिएको ट्रकले ठक्कर दिएको थियो ।
मृतक स्याङ्तान मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भइ हाल मनहरी–८ बस्दै आएका थिए ।
ठक्कर दिने ट्रक चालक बाराको सर्लाही हरिवन नगरपालिका–११ बस्ने वर्ष ४० को प्रमोद महतोसहित ट्रक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्














