ख्रीष्टमस लक्षित शुभकामना तथा क्यारोल कार्यक्रम

हेटौंडा । हेटौंडा-१, पानसुके चोकमा ख्रीष्टमस लक्षित शुभकामना तथा क्यारोल कार्यक्रम भएको छ । शुक्रबार हेटौंडा ख्रीष्टियन चर्चका डिकन विकास सुनारको आयोजनामा पानसुके चोकमा ख्रीष्टमस शुभकामना तथा क्यारोल कार्यक्रम भएको हो ।

कार्यक्रममा ख्रीष्टमससम्बन्धि विभिन्न भजनहरु गाउ“दै ख्रीष्टमसको शुभकामना आदानप्रदान गरेका थिए । केही युवाले ख्रीष्टमस सम्बन्धि विभिन्न गीत गाउ“दै नाचगान गरी रमाइलो गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा ख्रीष्टियन र अन्य धर्मका व्यक्तिको उपस्थिति थियो । कार्यक्रममा हटिया ख्रीष्टियन चर्चका पास्टर दिलिप थापा, हेटौंडा ख्रीष्टियन चर्चका एल्डर पवन न्यौपाने, रमेश मैनालीलगायत विभिन्न चर्चका अग्रज व्यक्तिहरुको उपस्थिति थियो ।

हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले ख्रीष्टमसको शुभकामना दिदै ख्रीष्टियनहरुको महान् चार्ड ख्रीष्टमस सभ्यढंगले मनाउन आग्रह गरेकी थिइन् । वडा अध्यक्ष सबिन न्यौपानेले ख्रीष्टमस शुभकामना दिदै नेपाल धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र भएको स्मरण गराए ।

सबै धर्मावलम्बीको आफ्नै परम्परा रहेको र कतिपय पर्व भड्किलो हुने गरेको बताउँदै उनले सभ्यढंगले ख्रीष्टमस मनाउन आग्रह गरे ।  कार्यक्रममा हेटौंडा ख्रीष्टियन चर्चका पास्टर दिलबहादुर लामाले पवित्र धर्मशास्त्र बाइबलबाट ख्रीष्टमस किन मनाइन्छ भन्नेसम्बन्धि प्रवचन दिएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.