मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा भोलि (बुधबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार, रजैया फिडर, मनहरी फिडर, राक्सिराङ फिडर र मकवानपुरगढी फिडरमा विद्युत अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘३ /११/०.४ के.भी. प्रशारण लाईनको मुनि र दायाँबायाँ तर्फ लाईन नजिक रहेको रुख तथा बाँसको हाँगाले हावाहुरी चल्दा चालु लाईनमा छुन गई फिडर बन्द हुने तथा एल.टी.तार एक आपसमा जोडीएर ट्रान्सफर्मर तथा तार जल्ने अवस्थामा पाईएकोले तथा आउने तिहारलाई समेत मध्य नजर गरी उक्त खण्डको बुश कटिङ्ग कार्य गर्नुपर्ने भएकोले तपसिलका फीडरहरुको तपसिल बमोजिम लाइन अवरुद्ध हुने ब्योहरा जानकारी गराइन्छ ।’
साथै यसबाट पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको भन्दै सो फिडरमा समय अगाडि नै काम सकेको अवस्थामा तोकिएको समय अगावै विद्युत संचालन हुने जनाइएको छ ।
हेर्नुहोस् सूचना ।
















