हेटौंडा । बागमती प्रदेशसहित देशभर आज संविधान दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते ऐतिहासिक संविधान जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवसको रूपमा मनाइने परम्परा रहेको छ ।
संविधान दिवसका अवसरमा सरकारी कार्यालय, सुरक्षा निकाय, शैक्षिक संस्था र विभिन्न सामाजिक संघ–सङ्घठनहरूले झण्डा फहराउँदै औपचारिक कार्यक्रम आयोजना गरेका छन् ।
बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा विशेष समारोहको तयारी गरिएको छ भने प्रदेशका सबै जिल्लामा समेत स्थानीयस्तरका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा दिवसको मुख्य समारोह सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस्















