हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ सिक्रेनीस्थित एक घरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
मकवानपुरको पदमपोखरी प्रहरी चौकीबाट खटिएको टोलीले भदौ ३० गते राति करिब ८ बजे उमेश लामाको घरमा छापा मार्दा घरधनी २५ वर्षीय उमेश लामा र हेटौंडा–१३ बस्ने २९ वर्षीय विनोद गुरुङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट झोलाभित्र सानो–सानो पुडिया बनाई राखिएको करिब ५ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको हो ।
बरामद लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

















