हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ सिमलटार बस्ने २३ वर्षीय अजय रिजाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले रिजाललाई सोमबार राति १२:२५ बजे नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट लुकाइ–छिपाइ राखिएको २२५ क्याप्सुल प्रतिबन्धित लागूऔषध ट्रामाडोल फेला परेको हो।
बरामद लागूऔषधसहित रिजाललाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिकृया दिनुहोस्















