लम्पीस्किनविरुद्ध अभियानः बागमतीमा लक्ष्यको ८० प्रतिशत मात्रै खोप लगाइयो

हेटौँडा । बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरे पनि तोकिएको लक्ष्यअनुसार ८० प्रतिशत मात्रै खोप लगाउन सफल भएको छ । प्रदेशका १३ जिल्लामा सञ्चालन गरिएको अभियानअन्तर्गत ९६ हजार ३ सय ४७ अर्थात ८० दशमलव २९ प्रतिशत गाइँभैसीमा लम्पीस्कीन रोगविरुद्धको खोप लगाइएको हो ।

प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा भदौ १ गतेबाट सुरु भएको अभियानमा १ लाख २० हजार पशुचौपाएलाई खोप लगाउने लक्ष्य लिइएको थियो ।

सो अवधिमा प्रदेशको सबैभन्दा धेरै खोप मकवानपुर जिल्लामा लगाएको छ । मकवानपुरमा २४ हजार ६ सय ९५ डोज खोप लगाएको छ । २५ हजार डोज खोप उपलब्ध गराएको मकवानपुरमा बाँकी ३ सय ५ डोज खोप पनि आवश्यकताको आधारमा लगाइने पशु कार्यालय मकवानपुर प्रमुख डा. ब्रजकिशोरठाकुरले जानकारी दिए ।

यस्तै, काठमाडौं, भक्तपुर र ललितपुरका लागि उपलब्ध गराएको १० हजार डोज खोपमध्ये ललितपुरमा ३ हजार ६ सय ९ डोज, काठमाडौंमा ४ हजार ३ सय ५० डोज र भक्तपुरमा १ हजार ५ सय ४३ डोज खोप लगाएको प्रदेशको कृषि तथा पशुपक्षी विकास अधिकृत एवम् पशुपंक्षी विकास महाशाखा प्रमुख डा.रामप्रकाश प्रधानले जानकारी दिए ।

यसैगरी, सिन्धुलीमा १२ हजार डोज खोप उपलब्ध गराएकोमा १० हजार ३ सय २८, रामेछापमा ४ हजार ३ सय ३७, धादिङमा हजार ५१, काभ्रेमा ७ हजार ६ सय ९८, नुवाकोटमा ७ हजार ७ सय २४ र रसुवामा ३ हजार ६ सय ३४ डोज खोप लगाइएको छ ।

प्रदेशको दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४ र चितवनमा ६ हजार १५ डोज लगाइएको महाशाखा प्रधानले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.