चट्याङ लागेर मृत्यु भएका परिवारलाई बागमती सरकारले एक लाख दिने

मकवानपुर । बागमती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गत मंगलबार (भदौ ३ गते) चट्याङ लागेर मृत्यु भएका मनहरी गाउँपालिका–६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाएका हुन् ।

उक्त रकम प्रदेश विपद् कोषबाट उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन समेत दिएका छन् । मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको थियो ।

सो घटनामा अन्य ७ जना घाइते भएका थिए । घाइते हुनेमा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान, ४७ वर्षीय पान बहादुर मोक्तान रहेका छन् । उनीहरूको उपचार कार्य जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.