मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ फुटसलचोकस्थित भित्री सडकखण्डमा हिजो बुधबार मक्राञ्चुलीबाट हेटौँडा तर्फ आउँदै गरेको मोटरसाइकल ठक्कर दिँदा सोही स्थानकी नन्दकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, ९२ वर्षीया न्यौपानेलाई हिजो बिहान ९ बजेको समयमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेलाई मोटरसाइकल चालक २४ वर्षीय सन्तोष थापा मगर र कृष्णप्रसाद दाहालले उद्धार गरी बिहान ११ः२० बजे हेटौँडा अस्पतालमा पुर्‍याएका थिए।

घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिउँसो ३ बजे भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो। तर, शल्यक्रिया सम्भव नभएपछि उनलाई पुनः मकवानपुर सहकारी अस्पताल ल्याइएकी थिइन्। उपचारकै क्रममा साँझ ७ः५० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

घटनापछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । मृतक न्यौपानेको शव हाल मकवानपुर सहकारी अस्पतालमै राखिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.