मकवानपुरबाट निर्यात व्यापारमा वृद्धि

मकवानपुर । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि आएको छ । आर्थिक वर्ष २०८०–०८१ को अनुपातमा गत आव २०८१–०८२ मा निर्यातमा वृद्धि भएको हो ।

गत आवमा मकवानपुरबाट निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी ४० करोड ४२ लाख ८२ लाख ७९ हजार ९४३ रुपियाँ बराबरको निर्यात गरेको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघका) ले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अनुसार, आव २०८०–८१ मा ३५ करोड ४५ लाख ७४ हजार छ सय रुपियाँ बराबरको निर्यात भएको थियो ।
निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने सरकारको नीतिको अभावमा निर्यात व्यापार अपेक्षा अनुसार नबढेको मउवासंघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले तबाए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.