आजबाट सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौँडाका जनप्रतिनिधि

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीयो) र प्रहरी प्रमुख उपरीक्षक (एसपी) विरुद्ध आन्दोलन गर्ने भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् ।

उनीहरुले आजरबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवा प्रबाह गरी आन्दोलनको सुरुवात गर्ने भएका हुन् । गत असार ४ गते वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि आक्रमण भएको थियो । यस्तै, सो घटनाको केही दिनपश्चात हेटौँडा–४ का वडाध्यक्ष नविन सिग्देलमाथिपनि कुटपिट भएको थियो ।

हेटौँडाका वडाअध्यक्षहरुले आज र भोली जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने भएका हुन् । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिहरुले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

वडाध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै विरोध समेत भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काको जिल्लामा चौतर्फीरुपमा आलोचना भइरहेको छ ।

मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमणहुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आलोचना गर्नेहरु बढ्दो छन् ।

वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण हुनुअघि हेटौंडा १० राप्तीरोडमा रहेको दास ईम्पोरियम कपडा पसलका सञ्चालक विन्दल दासमाथि आक्रमण भएको थियो । यस विषयमा हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयरसहित वडा अध्यक्षहरु र जिल्लाका राजनीतिक दलले वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने माग समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.