मकवानपुर । पहिलो पाइला शिशु स्याहार केन्द्र हेटौँडा–५ को आयोजनामा फस्ट किड्स समर क्याम्प भएको छ ।
हेटौँडा एकेडेमीको सहयोग तथा रेडियो थाहा संचार मिडिया पाटर्नरको रुपमा रहेको सो कार्यक्रम हेटौँडा–११, स्थित होटल स्मारकमा आयोजना गरिएको हो ।
उक्त समर क्याम्पमा जादुगर बलराम सरकारको लाइभ म्याजिक सो, स्थानीय कलाकार दिपेश श्रेष्ठको सांगीतिक प्रस्तुती, नृत्य, पेन्टिङ, मेहेन्ही, पौडी, सिल्पकला लगायतका गतिविधिहरु गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवम् पहिलो पाइलाका संचालक अंकिता सुमार्गीको सभाध्यक्षतामा भएको हो ।
हेटौँडा एकेडेमीका संचालक अरुणराज सुमार्गी, एकेडेमी दिपेन्द्र पाठक, रेडियो थाहाका स्टेशन म्यानेजर गोकुल अधिकारीलगायतको सहभागिता रहेको थियो ।
समर क्याम्पमा पहिलो पाइलामा अध्ययनरत बालबालिका एवम् हेटौंडाका अन्य विद्यालयका समेत गरी ४ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको थियो ।
यस्ताखाले कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने अरुणराज सुमार्गीले बताए । कार्यक्रममा भएका विभिन्न गतिविधिहरुलाई अभिभावकहरुको पहुँचसम्म पुर्याउनको लागि प्रयास गरिने र लाइभ फोटो प्रदर्शनसमेत गरेको उनको भनाई छ।
हेटौँडा एकेडेमीमा रहेका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सेवा उपलब्धका लागि सहयोग पुर्याएको समेत उनले बताए ।
सो कार्यक्रममा १ सय ५० भन्दा बढी बालकालिकाहरु गीत, संगीत र नृत्यमा रमाएका थिए ।


















