मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुध तथा दुग्धजन्य पदार्थ बिक्री काउन्टर बिस्तार गरेको छ । हेटौँडा–४, भैरबरोडमा उक्त बिक्री काउन्टर बिस्तार हो ।
आज एक कार्यक्रमबीच मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कँडेल एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले संयुक्त रुपमा उक्त बिक्री काउन्टरको उट्घाटन गरेका हुन ।
मकवानपुर दुग्ध सहकारी उद्योगबाट उत्पादित स्वच्छ तथा गुणस्तरीय दुध एवम् दुग्धजन्य प्रदार्थ दुध, दही, घ्यु ,पनिर, नौनी, मोही लगायतका दुग्धजन्य प्रर्दाथ बिक्री गरिने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका निमित व्यवस्थापक दामोदर अधिकारीले जानकारी दिए ।
सो क्रममा बोल्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कँडेलले यस्ता बिक्री काउन्टर आगामी दिनमा अरुपनि संचालन गरिने बताए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एकद्वार प्रणाली मार्फत् दुधको व्यवस्थापन गर्दै आएको छ । अहिले ६६ वटा दुग्ध तथा बहुउदेशीय सहकारी संस्थाबाट दैनिक ५० हजार देखि ६० हजार लिटर दुध संकलन तथा व्यवस्थापन गर्दै आएको अध्यक्ष कडेलले जानकारी गराए ।
कृषकहरुको दुधको भुक्तानी बक्यौता र मिल्क होलिडे जस्ता समस्या केहि हदसम्म भएपनि स्थानीय क्षेत्रमा बिस्तारित बिक्री काउन्टर, स्थानीय बजारीकरंणले सो समस्या समाधानका निम्ति कहिन कतै सहयोग पुग्ने अपेक्षा राखिएको उनको भनाई छ ।


















