कोषाध्यक्ष भएँ भने वनलाई पर्यटनसँग जोडेर समाजसेवा गर्नेछु: कुँवर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ९ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको यही १० गते चुनाव हुँदैछ । चुनावले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । वन समितिको आगामी नेतृत्वका लागि पर्वदेव अधिकारी र ईमानसिंह थिङ प्यानलै बनाएर चुनावमा होमिएका छन् ।

वन समितिको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी एवम युवा समाजसेवी राजेन्द्र कुँवरको उम्मेदवारी परेको छ । काठमाडौंको ठमेलमा करिब दुई दशक देखी पर्यटन, ट्राभल्स एण्ड टुर्सको क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेका कुँवर अब गाउँकै सेवा गर्ने उद्देश्यका साथ हेटौंडामा ट्राभल्स एण्ड टुर्स सञ्चालन गरिरहेका छन् । उनले अब वन समितिमार्फत समाजसेवा गर्ने लक्ष्य रहेको सुनाए ।

काठमाडौंमा रहेर लामो समय पर्यटन व्यवसायीको रुपमा काम गरिसकेको र त्यसलाई छोडेर अब गाउँमै सेवा गर्ने उद्देश्यका साथ आएको बताए । अनुभव र काम गर्ने जोशका साथ आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताएका छन् । आफूसँग अनुभव भएकोले वन क्षेत्रलाई पर्यटनसँग जोडेर थप टेवा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

‘वन समितिको यही १० गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मतदाताको मन र मत पाएँ भने केही नयाँ ढंगले काम गर्नेछु’, उनले भने । वन समितिका मतदाताहरुको मत पाउनेमा ढुक्क रहेको उनको भनाई छ । विशेषगरी आर्थिक पारदर्शीता र संस्थालाई एउटा अनुशासित ढंगले अघि बढाउनका लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको उनले बताए । पश्चिम ठमेल परिषद्को सहकोषाध्यक्ष समेत रहिसकेका कुँवर हेटौंडा २ कांग्रेसचोकमा हाइल्याण्ड एक्सपोलर टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.