विद्यालयका प्रधानाध्यापकहरूका लागि साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विद्यालयका प्रधानाध्यापकहरूका लागि बुधबार साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको हो ।

कार्यक्रमको हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्द्दाटन गरेकी हुन् । सो क्रममा उनले बालबालिकालाई मोबाइलको दुरुपयोगबाट जोगाउनु चुनौती रहेको बताइन् ।

हेटौँडामा अहिले साइबर दुरुपयोगका कारण बालबालिका फस्ने क्रम बढेको भन्दै यसबाट जोगाउन विद्यालयले भूमिका खेल्नुपर्ने बताइन् ।

अभिमुखीकरणमा नगरभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभगिता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सूचना महाशाखाका इन्जिनियरहरूले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.