आठ स्रष्टालाई सम्मान गर्दै साहित्य संगम मकवानपुर

हेटौँडा । साहित्य संगम मकवानपुरले आठ स्रष्टालाई सम्मान गर्ने भएको छ । आफ्नो ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव–२०८२ को अवसरमा विभिन्न विधामा योगदान पु¥याएका आठ जना स्रष्टालाई सम्मान गर्न लागिएको हो ।

शुक्रबार हेटँैंडामा पत्रकार सम्मेलनको आयोजना गरी संगमका सचिव मनोज पोखरेलले यही जेठ १० गते शनिबार सम्मान प्रदान गरिने जानकारी दिए । जस अनुसार, ‘मकवानपुर साहित्य श्री सम्मान २०८१’ बाट राजकुमार लामिछाने सम्मानित हुने भएका छन् । उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गर्न लागिएको हो ।

यसैगरी, ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१’ टीका आत्रेय, र ‘विनोद–सुनिता सुवेदी सम्मान २०८१’ रामकुमार एलनलाई प्रदान गरिनेछ । उनीहरुलाई क्रमशः १५ हजार पाँच सय ५५ र ११ हजार एक सय ११ नगद पुरस्कार राशीसहित सम्मान गरिने छ भने ‘दिपक मुडभरी स्मृति सम्मान २०८१’ समिर पाख्रिनलाई १० हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मान गर्ने संगमका सचिव पोखरेलले बताए ।

यस्तै, ‘मङ्गलादेवी स्मृति सम्मान २०८१’ वबि थापालाई, ‘मुक्तितारा सम्मान २०८१’ यश लामा र ‘रामहरि देवु सम्मान २०८१’ मसान उपासकलाई प्रदान गरिने छ । उनीहरुलाई जनही रु. १० हजार रुपैयाँ नगदसहित सम्मान गरिने उनले बताए ।

त्यस्तै, स्रगमले ‘साहित्य संगम मकवानपुर कृति सम्मान २०८०÷८१’ अन्तर्गत अभय श्रेष्ठलाई २५ हजार पुरस्कार राशीसहित सम्मान गरिने उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुने यस कार्यक्रम सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाको २ लाख रुपैयाँ र आयोजकको ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौलाले यस उत्सवको उद्देश्य जिल्लाको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै नयाँ पुस्तामा सिर्जनशील चेतना विकास गर्नु रहेको बताए ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूका रचना वाचनसहित ‘सपना र सम्भावना: सिर्जनामा नयाँ पुस्ता’ र ‘कविता: युगको प्रतिबिम्बन’ विषयमा प्यानल छलफल समेत हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.