अखिल (समाजवादी) मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न

हेटौंडा । अखिल (समाजवादी) मकवानपुरका पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न भएको छ। आगामी चैत्र ५ गते हुने स्ववियु विशेष बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले आगामी स्ववियु निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ, जसमा विगतमा निर्वाचन भएका क्याम्पस र पछि थपिएका क्याम्पसहरूमा जिम्मेवारीको बाँडफाँट गरिएको छ। मकवानपुरका स्ववियु हुने र हुन सक्ने क्याम्पसहरूमा संगठनका केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीहरू जाने निर्णय भएको छ।

बैठकलाई प्रशिक्षित गर्दै नेकपा केन्द्रीय सदस्य र मकवानपुरका इन्चार्ज सीले, विगतका निर्वाचित स्ववियुको कामकाजको समीक्षा गर्दै आगामी दिनमा स्ववियुले निभाउनुपर्ने भूमिका र विद्यार्थीको प्रतिनिधित्व गर्दै चुनावी जित निश्चित गर्न अखिल समाजवादी संगठनको सक्रियता महत्त्वपूर्ण हुने बताएका छन्।

उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको घट्दो क्रम र वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेशिने संख्या बढ्दै गइरहेको सन्दर्भमा, शैक्षिक कार्यक्रम बनाइ विद्यार्थी संगठन र स्ववियुले त्यसलाई लागू गर्नुपर्ने कुरा उनले उठाएका छन्।

त्यस्तै, नेकपाका केन्द्रीय सदस्य र जिल्ला सचिव पेमा सी र अखिल समाजवादीका केन्द्रीय सचिव अटल सीले पनि बैठकलाई प्रशिक्षित गर्दै स्ववियुको आगामी निर्वाचनमा जित सुनिश्चित गर्न शुभकामना दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.