हेटौंडा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव अफ हेटौंडा नेपालको आयोजनामा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका १२ मदानपुरमा बाल अधिकार तथा अर्गानिक पौष्टिक आहार सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा किवानिज क्लव अफ हेटौडा नेपाल वर्ष २०२४र०२५ का अध्यक्ष गंगाप्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले ग्रामिण क्षेत्रमा कार्यक्रम आयोजना गरेर बालबालिकाको क्षेत्रमा किवानिज क्लबले महत्वपूर्ण योगदान पुर्याएको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै क्लव नेपालका डिस्ट्रिक्ट गभर्नर केपी ज्ञवालीले क्लबले कार्यक्रमको लागि नुवाकोट छनौट गर्नु र विषयबस्तु पनि बालबालिकाको लागि अर्गानिक पौष्टिक आहार छनौट गर्नु उदाहरणीय भएको बताए । नेपाल सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष एवम् किवानिज क्लव अफ हेटौंडा नेपालका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्यले यस क्लवले १८ वर्ष मुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद एवम् नेतृत्व व्यक्तित्व विकास तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा इमिडिएट पास्ट गभर्नर तीर्थकुमार सिंह, डिस्ट्रिक सचिव शिवबहादुर काफ्ले, केसिएफएन चेयर गोपिमान श्रेष्ठ, इमिडिएट पास्ट सेक्रेटरी युवराज न्यौपाने, बेलकोट गढी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डिल्लिराज सिलवाल, स्थानीय विद्यालयहरु भृकुटी मावि र चन्डादेवी माविका प्रअहरु उपस्थित थिए ।
२ दिने अभिमुखिकरण कार्यक्रमको सहजिकरण प्रकाश अधिकारी र कोपिला डंगोलले गर्नेछन् । कार्यक्रममा ३५ जना विद्यार्थी तथा अभिभावक सहभागी
छन् ।

















