कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना नगर्ने भएको छ । कांग्रेसले दशैं, तिहार एवम् छठ वर्षको अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष भने नगर्ने भएको हो ।

गत भदौ २३ र २४ गतेको जेन जी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसलाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना’को रुपमा लिएको जनाउदै यस्तो अवस्थामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय लिइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जेन जी युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । साथै कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो ।

उक्त घटनामा परेर ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.