काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले सो निर्णय गरेको हो ।
बैठकले पार्टीको महाधिवेशन आगामी फागुन ७, ८ र ९ मा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यबाहक प्रवक्ता झाका अनुसार, यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले यस्तो निर्णय लिएको हो ।
यस्तै, रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ ।
यसैगरी, रास्वपाले २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले बताए ।
प्रतिकृया दिनुहोस्















