माओबादी केन्द्र बकैयाको अध्यक्षमा बिमल नेपाल

मकवानपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बकैया गाउँ कमिटीको अध्यक्ष पदमा बिमल नेपाल निर्वाचित भएका छन् । बिहिबार बकैयामा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा नेपाल सहित ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले बकैया गाउँ कमिटी अध्यक्षमा नेपाल संगै उपाध्यक्ष पदमा ठुलीमाया मोक्तान, आशिष तितुङ, बागसिं भोम्जन सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिबमा बिष्णु नेगी, कोषाध्यक्षमा अमृता तामाङ थिङ र सहसचिवमा बिश्वराज स्याङ्तान निर्वाचित भएका निर्वाचन समितिका संयोजक परशुराम गौतमले बताए ।

गौतमका अनुसार सदस्यहरुमा भोजराज लामिछाने, प्रेम गोले, प्रल्हाद गौतम, लक्ष्मी थिङ, कविता लामिछाने लगायत रहेकाछन् । बकैया गाँउ कमिटी अध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्य मानकुमारी नेपालीको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, प्रदेश समिति सदस्य एवम् बकैया इन्चार्ज जीवन गोले, प्रदेश समिति सदस्य लक्ष्मी माझी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.