टुंगियो नेविसंघ मकवानपुरको विवाद
दुबै समिति मिलेर सदस्यता वितरण गरिने

हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरको एक किसिमको विवाद टुंगिएको छ। बिहीबार हेटौंडामा बसेको नेविसंघको बैठकले सदस्यता वितरण सम्बन्धि विवाद टुंग्याएको हो।

संघको मकवानपुरमा सदस्यता वितरणमा समन्वयका लागि नेविसंघ केन्द्रीय प्रतिनिधिको रुपमा नेविसंघ केन्द्रीय सदस्य साजन तामाङलाई पठाइएको छ। तर संघको विवादका कारण सदस्यता वितरणको विषय ओझेलमा परेको थियो।

सोही सदस्यता वितरण सम्बन्धि छलफलका लागि केन्द्रिय प्रतिनिधि तामाङको अध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुर पार्टी सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा जिल्ला पार्टी कार्यालयको सभाहलमा बसेको बैठकले सदस्यता वितरण सम्बन्धि विवाद टुंग्याएको नेविसंघ केन्द्रिय सदस्य उमेशलाल स्याङ्तानले जानकारी दिए।

बैठकबाट केन्द्रीय प्रतिनिधि तामाङको संयोजकत्व तथा पार्टी र नेविसंघ नेताहरुको उपस्तिथिमा सदस्यता वितरण गरिने निष्कर्षमा पुगेको उनले बताए । बैठकमा अध्यक्ष ठकुरी, सापकोटा नेतृत्वको कार्यवाहक अध्यक्ष सन्तोष चौलागाईं र पार्टी तथा नेविसंघ नेताहरुको उपस्थिति थियो । उनका अनुसार अन्य जिल्लामा यस अभियानमा विद्यार्थीहरुको उत्साहपुर्ण सहभागिता देखिएको छ।

संघको १२ औं केन्द्रिय महाधिवेशन लक्षित देशव्यापी रुपमा पौष ७ गतेदेखि सदस्यता वितरण अभियान चलेको हो। मकवानपुरको सवालमा नेवि संघका दुई वटा समानान्तर कार्यसमिति छ। जसमा संघको केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाद्वारा मनोनीत भीषण ठकुरी र विद्यार्थी भेलाबाट सर्वसम्मत चयन गरिएको सापकोटा नेतृत्वको दुई कार्यसमिति छन्।

तर मकवानपुर लगायत देश भरका विभिन्न जिल्लाहरुमा नेविसंघको अन्य विवाद भने कायम नै छ। केन्द्रिय अध्यक्षबाट मनोनीत अध्यक्ष र भेलाबाट सर्वसम्मत भएका अध्यक्ष मध्ये कुन अध्यक्षलाई आधिकारिक मान्ने भन्ने कुराले नेता तथा विद्यार्थी रनभुल्लमा परेका छन्।

विवादित जिल्लाहरु दुबै जिल्ला कार्यसमिति सक्रिय छन् । मकवानपुर जिल्लामा पनि ठकुरी नेतृत्वको कार्यसमिति र सापकोटा नेतृत्वको कार्यसमिति सक्रिय रहेको बताइएको छ ।

उनले भने ‘आजको बैठकको सकारात्मक निर्णयले समस्या र विवाद ग्रस्त नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला कार्यसमितिको सुरक्षित अवतरण हुने संकेत देखिएको छ।’ यस्तै, सदस्यता वितरण अभियानलाई तिव्र रुपमा अगाडि बढाउन दुबै जिल्ला कार्यसमितिले मध्यमार्गी विकल्प मार्फत सहअस्तित्व रहने गरि सदस्यता वितरण सफल पार्ने उद्देश्य राखेको उनको भनाई छ।

उनले थपे ‘कुनै प्रकृतिको विवादले संगठन विस्तार र सदस्यता वितरण अभियान छायाँमा पर्नु हुँदैन भन्ने सामुहिक धारणाकासाथ हामी अघि बढेका छौँ । यस्तै, संगठनको सबलिकरण र सुदृढीकरण को आधारभुत प्रक्रियाका रुपमा सदस्यता वितरण कार्यक्रमलाई लिइएको बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.