उद्योग संघ मकवानपुरद्वारा औद्योगिक क्षेत्र व्यवस्थापनको कदमप्रति आपत्ति

हेटौँडा । उद्योग संघ मकवानपुरले हेटौँडा औद्योगिक क्षेत्रमा भाडा विवादबारे सरकार र व्यवस्थापनको कदमप्रति आपत्ति जनाएको छ । बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पछिल्ला कदमप्रति गम्भीर ध्यानाकर्षण गरिएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष श्रीधर मास्केले हालैको पत्रकार सम्मेलनमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति असन्तुष्टि जनाए ।

उनका अनुसार, केही वर्षअघि भाडा वृद्धि सम्बन्धी निर्णयविरुद्ध उद्योगीहरू अदालत गएको र अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, त्यसको पूर्ण पालना नभई उद्योगीहरूको नाम सार्वजनिक गरिएकोले यो न्यायोचित नभएको उनको भनाइ छ। यस्तो अवस्थाले लगानीमा असर पारी उद्योगहरू थप निरुत्साहित हुने उनले चेतावनी समेत दिए ।

यता, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने उद्योगहरूबाट ठूलो मात्रामा बक्यौता रकम उठ्न बाँकी रहेको जनाएको छ । कार्यालय प्रमुख संगीता कुँवरका अनुसार, औद्योगिक क्षेत्रका १३१ वटा उद्योगबाट करिब २० करोड ९० लाख रुपैयाँ असुल गर्न बाँकी छ। उक्त रकममा बढाइएको भाडा मात्र नभई पुरानो नियमित भाडा, विद्युत् तथा खानेपानी शुल्क पनि समावेश रहेको उनले स्पष्ट पारे ।

उद्योग संघ मकवानपुरले यो विषयलाई विवादभन्दा पनि संवाद र सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ। साथै, औद्योगिक विकास, उत्पादन वृद्धि, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि उद्योगी र व्यवस्थापनबीचको अविश्वास हटाउनुपर्नेमा जोड दिएको छ। संघले सरकारले बजेटमा घोषणा गरेको औद्योगिक क्षेत्रका उद्योगहरूलाई भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.