निजी अस्पतालको विवरण ७ दिनभित्र पेस गर्न बागमती सरकारलाई निर्देशन

हेटौँडा । बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश सरकारलाई अनुमति प्राप्त निजी अस्पतालहरूको सञ्चालन अनुमति तथा नवीकरणसम्बन्धी विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

समितिको बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र प्रभावकारी नियमनका लागि आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन अनुमति पाएका र नवीकरण भएका निजी अस्पतालहरूको विवरण स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायबाट माग गरेको समितिका सचिव प्रकाश चापागाईँले जानकारी दिए।

बैठकले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ र ‘प्रदेश युवा नीति–२०७९’ सम्बन्धी प्रतिवेदनहरूमा सरोकारवालासँग थप छलफल गर्ने निर्णय पनि गरेको छ। साथै, प्रदेश सरकारद्वारा सञ्चालित ‘एक विद्यालय–एक नर्स कार्यक्रम’ को प्रशंसा गर्दै यसलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्न निर्देशन दिएको छ।

त्यसैगरी, वार्षिक प्रतिवेदन तयार गर्न उत्तम जोशीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ। समितिले प्रदेशका गौरव तथा प्रमुख आयोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक स्रोतसाधन सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयहरूलाई समेत निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.