गायक लोमसको ‘जुनकीरी’ सार्वजनिक (भिडियो सहित)

हेटौंडा । गायक लोमस घिसिङको नयाँ गीत ‘जुनकीरी’ सार्वजनिक गरिएको छ। शनिबार उनको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

उनको आफ्नै शब्द/संगीतमा तयार भएको गीतमा उनैले स्वर भरेका हुन्। प्रेमभावमा सजिएको उक्त गीतले श्रोतामाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ। गीतको प्रोडक्सन प्रमोद मोक्तानले गरेका छन्।

संगीत संयोजनतर्फ गितार एसजिएल अन गितार (विशाल) ले बजाएका छन् भने बाँसुरी नयन सेन्टुरी र बेस सुजित शाहीले साथ दिएका छन्। गितार रेकर्ड ओरेओ रेकर्ड्समा गरिएको हो। यसैगरी, गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश लामाले (रिभेलेशन स्टुडियो) गरेका छन् भने ब्याक भोकलमा प्रमोद मोक्तानको साथ रहेको छ।

गीत निर्माणमा सहयोग पुर्याउनेहरूमा मिकिम थिङ, बाल गंगा लामा, प्रेम बहादुर लामा, सुनीता लामा, प्रबिना लामा, सचिन रसाइली, छेरिङ ह्योल्मो र रोमन तामाङलाई विशेष धन्यवाद दिइएको छ। नयाँ गीत ‘जुनकीरी’ मार्फत लोमस घिसिङले पुनः आफ्नो संगीत यात्रालाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

गायक घिसिङलाई उनका आधिकारिक फेसबुक र इन्स्टाग्राममार्फत पनि फलो गर्न सकिनेछ। उनी भ्वाइस अफ नेपालको छैठौं संस्करणको प्रतिस्पर्धी समेत रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.