काठमाडौंबाट पक्राउ परिन् मकवानपुरकी एक महिला

मकवानपुर । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले  चरेशसहित मकवानपुरकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङ  रहेकी छन् ।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार,  काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागु औषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट तामाङलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट प्रहरीले २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामत गरेको ब्युरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.