हेटौंडा औद्योगिक क्षेत्रमा साबुन कम्पनीको स्टोरमा भीषण आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोरमा भीषण आगलागी भएको छ। शनिबार राति करिब ११:५० बजेको समयमा जस्ता पाताले बनेको उक्त स्टोर रुममा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्टोरमा साबुन तथा कार्टुनहरू भण्डारण गरिएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इ.प्र.का. पशुपतिनगर मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हे.क्वा. हेटौंडा मकवानपुरको संयुक्त टोली, हेटौंडा उपमहानगरपालिकाका दुईवटा दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

घटनामा हालसम्म कुनै मानवीय वा पशु चौपायाको क्षति भएको छैन। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी भएको स्थान इ.प्र.का. पशुपतिनगर मकवानपुरबाट करिब ५०० मिटर पूर्व–दक्षिण दिशामा पर्दछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.